नेपालगन्ज – बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको (१० अगस्त २०२४) अवसरमा एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्ज सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
शनिबार लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्जको प्राङ्गणमा आयिोजित कार्यशाला गोष्ठीमा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले “डिजिटल पाठवेज फर सस्टिनिएबल” प्रस्तुति दिएका थिए ।
एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले “यूथ लिडरशिप डेभलपमेन्ट” बिषयमा प्रस्तुति दिएका थिए ।
एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा ओपनिङ्ग रिर्माक्समा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले युवाहरुको परिभाषा, भूमिका र भविष्यको विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरले लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका उपप्राध्यापक चतुर्भुज भट्ट, उपप्राध्यापक प्रतिक चन्द, सहायक प्राध्यापक ई. सजिव रेग्मी, अनुसन्धान सहायक ई. नरेन्द्रबहादुर शाही, सहायक प्राध्यापक नमन वर्मा, सिनियर काउन्सिलर लक्ष्मण खनाल लगायत बिश्व बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।