श्रद्धालुहरुको लागि निःशुल्क उपचारसँगै पिउने पानी बितरण

शाख न्यूज    प्रकाशित: २०८१-४-७ गते   ११८ पटक हेरिएको

 नेपालगन्जको बागेश्वरी मन्दिरमा पुगेका पुजाआजाका लागि पुगेका श्रद्धालुहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी बितरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा पुजाआजाका लागि मन्दिर पुगेका व्यक्तिहरुको निःशुल्क प्राथमिक उपचारसँगै पिउने पानी बितरण गरिएको हो ।

साउन महिनाको पहिलो सोमबारको अवसरमा मन्दिरमा श्रदालु भक्तजनहरुको भिडभाड हुन्छ । यही अवसर पारेर संघले यस्तो कार्यक्रम गरेको बाँके प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech