तालिम प्राप्त कुकुरबाट जमुनाह नाकामा लागूऔषध चेकजाँच

शाख न्यूज    प्रकाशित: २०८१-२-२९ गते   ७७१ पटक हेरिएको

बाँके - लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान २०८१' अन्तर्गत बाँकेको मुख्य सीमा नाका जमुनाहमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मंगलबार नेपालगन्ज  स्थित जमुनाह नाकामा तालिम प्राप्त कुकुरबाट लागूऔषध चेकजाँच गरिएको छ ।

नेपाल प्रहरी केनाइन शाखा कोहलपुरबाट ल्याइएका लागूऔषध सम्बन्धि तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल-भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech