डडेल्धुरामा जारी निषेधाज्ञा खुकुलो

शाख न्यूज    प्रकाशित: २०७७-५-१९ गते   ४८६ पटक हेरिएको

डडेल्धुरा १९ भदौ - डडेल्धुरामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति डिसिसिएमसी को शुक्रबारको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निणर्य गरेको हो ।

जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म खुकुलो बनाउने गरी लम्ब्याइएको जिल्ला प्रशसन कार्यलय डडेल्धुराले जानकारी  दिएको छ  । यो भन्दा पहिले भदौ  ३ गते देखि सुरु भएको  निषेधाज्ञा  भदौ १२ गतेसम्म  लागि गरिएको थियो भने भदौ १२ देखी १९ गतेसम्म निषेधज्ञा थप गरिएको थियो । जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल शुक्रबारदेखि भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन् ।

यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो । पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने  जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई शुक्रबारदेखि ३१ गतेसम्म जोर–बिजोर प्रणाली लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । डडेल्धुरा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३१९ छ। तीमध्ये ३१० संक्रमित डिस्चार्ज भएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech