मापदण्ड लत्यायर मनोमानी तथा हचुवाको भरमा पठाएको निर्णय तुरुन्त सच्याइयोस :- अध्यक्ष भण्डारी

शाख न्यूज    प्रकाशित: २०८१-२-१४ गते   ४२९ पटक हेरिएको

नेपालगन्ज -  नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा गरेको त्रुटिपूर्ण विधि र प्रक्रियाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भीर आपत्ती प्रकट गरेको छ । 

महासंघ केन्द्रीय समितिले जारी गरेको सदस्यता सूचीप्रति आपत्ति प्रकट गर्दै युनियन बाँके कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।

प्रेस युनियन बाँकेले भनेको छ–“नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले चुनावको मुखमा आएर सदस्यता सूची सार्वजनिक गरेको छ । शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिद्धारा जारी गरिएको सूचिप्रति नेपाल प्रेस युनियन बाँके शाखा खेद प्रकट गर्दछ ।”

शुद्धिकरणका नाममा गरिएको अत्यन्तै हचुवा, अपरिपक्वता, पूर्वाग्रही र राजनीतिक प्रेरित निर्णय प्रेस युनियन बाँकेलाई स्वीकार्य हुन नसक्ने अध्यक्ष प्रियास्मृति ढकालले बताउनुभयो । महासंघको शुद्धिकरणमा एउटै मापदण्ड लागू हुनुपर्नेमा त्यसो नगरी व्यक्तिको अनुहारका आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरालाई न्यायोचित मान्न नसकिने जनाउँदै कडा कदम चाल्न बाध्य हुने प्रेस युनियन बाँकेले जनाएको छ ।

“महासंघको यही जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी महासंघबाटै गरिएको यो हर्कतको प्रेस युनियन घोर निन्दा गर्दछ ।” युनियनद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियासहितका सबै काममा अवरोध गर्ने चेतावनीसमेत दिदै महासंघबाट उत्पन्न गरिएको परिस्थितिको सबै जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

त्यस्तै समाजिक संजाल मार्फत सदस्यता सम्बन्धमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले सर्बसम्मत रूपमा निर्णय गरि पठायको सिफारिसमा पत्रकार महासघ केन्द्रले निहित ब्यक्तिको स्वार्थमा आफैले बनायको मापदण्ड लत्यायर मनोमानी, हचुवा र पत्रकारिता गरिरहेका ब्यक्तिको सदस्यता फालेर पत्रकारिता नै नगरिरहेका ब्यक्तिको सदस्यता पठायकोमा निर्णय तुरुन्त सच्याउनु पर्ने अध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका छन् ।

चलचित्र पत्रकार संघ बाँके शाखा लगायत संचारकर्मीहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले निर्णयको चौतर्फी बिरोध भइरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech