छोरा अमरलाई खोजिदिन आफन्तद्वारा हारगुहार

शाख न्यूज    प्रकाशित: २०८१-२-११ गते   २७८ पटक हेरिएको

दिपक राई 
कोहलपुर ११ जेठ - बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ शान्ति टोल निवासी जय बहादुर घिसिङका छोरा सम्पर्क बिहिन भएका छन् । 

वि.स. २०६० साल चैत १२ बुवा  जयबहादुर घिसिङ र आमा दिलमाया घिसिङको कोख बाट जन्मिएका अमर  घिसिङ कामको सिलसिलामा छिमेकी जिल्ला भारत  जान्छु भनि घरबाट निस्किएका थिए । 

अमर घरबाट गएको २० दिन भयो अझैसम्म सम्पर्कमा नआएकोले आफन्तहरु चिन्तित भएका छन् । 

 मेरो छोरा अमरनै हाम्रो साहारा हो , उ नै सम्पर्क विहिन हुँदा आफूलाई न खान मन लाग्छ न त  सुत्न नै मन लाग्छ आमा दिलमायाले भनिन । आफूले मात्रै खोज्दा नभेटिएपछि प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, सरकारी निकाय, व्यक्ति सबैलाई छोरा अमरको  खोजी गरिदिनका लागि आमा दिलमायाले  अपिल गरेकी छिन । 

अमर कि बहिनीले दाइ जहाँ जस्तो अवस्थामा भएपनि घर आउनु साथै कहिँ कतै देख्नु भयो भने घर सम्म ल्याएर तथा नजिकैको प्रहरी कार्यालयमा खबर गरि सहयोग गरिदिन सम्पुर्णमा आग्रह गरेकी छिन् ।

कसैले अमरलाई देखे भेटेमा ९८४७७२२२०५ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले अपिल गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech