नेपालगन्जमा सुरक्षित आप्रवासन (सामी) द्वारा अन्तरक्रिया

शाख न्यूज    प्रकाशित: २०८१-२-८ गते   १६२ पटक हेरिएको

नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाका विषयगत समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न महाशाखा एवम् शाखाका प्रमुखहरुको उपस्थितिमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तरक्रिया गरिरहेको बाँके जिल्ला संयोजक कमल सिंह नेपालीको  बताए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेको चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उप-महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ ।

कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले सामीका गतिविधि, वैदेशिक रोजगारीको अवस्था, प्रवृत्ति, समस्या, सामीले खेलिरहेको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण दिएकी  थिइन् ।

वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई आप्रवासी स्रोत केन्द्रमार्फत सूचना तथा परामर्श सेवा दिँदै आएको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले बताए । 

कार्यक्रमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सामी कार्यक्रम निकै सान्दर्भिक हुनका साथै महत्त्वपूर्ण रहेको बताएका छन् ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १ सय ५६ पालिकामा सञ्चालन भइरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech