प्रेस युनियन लुम्बिनी प्रदेशले प्रकाशनमा ल्याएको क्यालेन्डर (भित्तोपात्रो) नेपालगन्जमा विमोचन

शाख न्यूज    प्रकाशित: २०८१-२-४ गते   ३१७ पटक हेरिएको

माया कुमारी 
बाँके ०४ जेठ - नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशनमा ल्याएको क्यालेन्डर (भित्तोपात्रो) विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिव लम्साल लगायत सामुहिक रुपमा शुक्रबार नेपालगन्जमा भित्तोपात्रो बिमोचन गरिएको हो ।

नेपालगन्जमा आयोजित कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष जय सिंहको सभापतित्वमा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले २०८१ सालको भित्तोपात्रो प्रकाशन गरेर सिर्जनात्मक  कार्यका साथै अत्यन्तै गौरान्वित कार्य गरेको हुँदा प्रदेशलाई बधाई व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर विभिन्न प्रकृतिका कार्य गर्न निर्देशन पनि दिएका छन्  । नेपाल प्रेस युनियनमा आबद्ध सदस्यहरुको र  पत्रकार महासंघको सदस्यता प्राप्त गर्न लायक र योग्यता पुगेका निरन्तर संचारकर्म गर्दै आएकालाई गुटउपगुट केही नभनी उनीहरुको हितमा सदैव अग्रपंक्तिमा रहेर काम गर्ने आश्वासन दिएका छन् ।

त्यसका साथै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले योग्य तथा सदस्यता पाउनु पर्ने र शुद्धिकरणको अभियानलाई निरन्तर सहयोग गर्ने बताएका छन् । आफ्नो कार्यकालमा सक्रिय रुपमा संचार क्षेत्रमा काम गरिरहेकाहरुको अबिलम्व नवीकरण गर्नका साथै सर्बसम्मत रुपमा जिल्लाले पठाएका नंया सदस्यहरुको हितमा काम गर्नका लागि अनुरोध गरेका छन । 

कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले प्रेस जगत माथी कुनै पनि राजनीतिक दल हाबी नहुन र प्रेस स्वतन्त्रतामाथी हनन तथा कुन्ठित नगरी निरन्तर रुपमा समान किसिमले लोककल्याणकारी बिज्ञापनको बितरण र संचार क्षेत्रको बिकासका लागि सबैले सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन् ।

सो विमोचन कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद शंकर गिरी , नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, जिल्ला सभापति नारायण प्रसाद गौडेल , नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष, विभिन्न क्षेत्रका अग्रज नेता / पत्रकार लगायत विभिन्न पेसागत संगठनका  संचारकर्मी हरुको समेत उपस्थिति रहेको थियो । 

सो विमोचन कार्यक्रमको संचालन नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले गरेका थिए भने समापन कार्यवाहक अध्यक्ष जय सिंह केसिले गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech