डडेल्धुरा १९ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा गरीएको ४५९ नमूना हरुको कोरोना परीक्षण गर्दा ३ नतिजा पोजिटिभ र ४५६ नतिजा नेगेटिभ आएको छ । कोरोना परीक्षणमा संक्रमितहरु बैतडी, दार्चुला र बझाङ जिल्लाका रहेका छन ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार ४५९ जनामा गरिएको कोरोना परिक्षणमा बैतडी पाटन नगरपालिकाका १ जना , बझाङ मष्ठा गाउँपालिकाका १ जना, त्यसैगरी दार्चुला मार्मा गाउँपालिकाका १ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो।