कंचनपुर - शिक्षा, युवा तथा खेलकुद शाखाको बेलडाँडी आयोजना र सिद्धनाथ मा.वि. चौफेरीको संयोजनमा संचालित बेलडाँडी गाउँपालिका स्तरीय माध्यमिक तह (९-१०) अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
शुक्रबार आयोजित कार्यक्रममा बेलडाँडी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि हरिश चन्द्र रानाले सहभागीहरुलाई शुभकामना दिंदै शिक्षाको क्षेत्रमा आफू निरन्तर लाग्ने बताएका थिए ।
सो प्रतियोगितामा सामुदायिक तथा संस्थागत ९ वटा विद्यालयबाट १६ जना सहभागी भएका थिए ।
रौलेस्वर मा.बि कि विपना भट्ट प्रथम , सरस्वती जनता मा. बि बैबाहका रुपेश सिङ्ह बोहरा द्धितिय र बैजनाथ मा. बि झिलमिला का छात्र रमेश बुढा तृतीय भएका हुन । उक्त समारोहका बीच बिजयीभएका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
बेलडाँडी गाउँपालिका - ३ अध्यक्ष दुर्गा प्रसाद चौधरी , शिक्षा खेलकुद बिकास शाखा प्रमुख भानुभक्त जोशी सहायक प्र.अ नन्द कुमार रोकाया , कार्यक्रम संयोजक सिद्धनाथ मा.बि का प्र.अ नरेश कुमार मल्लिक, निर्णायक मदन सिंह साँउद , देबकी जोशी, कर्मचारी , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी, विद्यार्थी लगायत विद्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।
उक्त कार्यक्रमको संचालन सिद्धनाथ मा बि का शिक्षक दिपक नेपालीले र सामाजिक बिकास समितको संयोजक तथा सभापति गज बहादुर बिस्टले मन्तब्य व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।