मन्त्रीबाट राजीनामा दिएका अहिरले पुरानै मन्त्रालय फर्किए

शाख न्यूज    प्रकाशित: २०८१-१-२४ गते   १२९ पटक हेरिएको

दाङ । मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टी नेपालका लुम्बिनी संसदीय दलका नेता भण्डारीलाल अहिर लुम्बिनी सरकारको कृषि तथा भूमी व्यवस्था मन्त्रालयमै फर्किएका छन् ।

बैशाख ९ गते मन्त्रीबाट राजीनामा दिएका अहिरले सोमबार  पुरानै मन्त्रालय फर्किएका हुन् । गत चैत २२ गतेको सत्ता गठबन्धन दलको सहमति अनुसार जसपाले २ मन्त्रालय पाउने भनिएको थियो । तर, गठबन्धनले एउटा मात्रै मन्त्रालय पाएको जसपाले सरकारलाई दिएको समर्थन यथावत राख्दै अहिरलाई राजीनामा दिन लगाएको थियो ।

आइतबार जसपा विभाजन भएपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा आउने गरी अहिर लुम्बिनी सरकारको पुरानै मन्त्रालय सम्हालेका हुन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech