भन्सार छली गरेर ल्याइएको अवैध सामग्री बरामद

शाख न्यूज    प्रकाशित: २०८१-१-२४ गते   १३९ पटक हेरिएको

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट भन्सार छली गरेर ल्याइएको पौने ३ लाख बढीको अवैध सामग्री बरामद गरेको छ ।

बाँके प्रहरीले शनिबार र आइतबार दिउँसोसम्ममा भारतबाट भन्सार छली गरेर अवैधरुपमा ल्याइएको विभिन्न अवैध सामग्रीसहित ओसारपसारमा प्रयोग गरिएका २ वटा मोटरसाइकल र ३ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार बरामद गरिएका २ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामग्रीमा पेय पदार्थ, स्टेबलाइजरका सामग्री, सुतीको कपडा र प्याज लगायत बरामद गरिएको २ वटा मोटरसाइकलसहित ३ जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech