नौबस्ता कारागारको उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा उद्घाटन

शाख न्यूज    प्रकाशित: २०८१-१-२० गते   ८६ पटक हेरिएको

बाँके २० वैशाख -  बैजनाथ गाउँपालिका वडा नं. ३ स्थित नौबस्ता कारागारको बिहीबार उद्घाटन गरिएको छ ।  उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेद्वारा उक्त कारागारको उद्घाटन गरिएको हो । 

उद्घाटन गर्दै  गृहमन्त्री लामिछानेले कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीहरूले  गरेको अपराधको सजाय भन्दा अन्य थप केही सजाय दिन नमिल्ने बताएका छन् ।

उनले कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नका लागि गृह मन्त्रालय र सरकार संधै अग्रपंक्तिमा रहेको र सुधारोन्मुख कार्यका लागि पहलिकदम चाल्ने गृहमन्त्री लामिछानेले बताएका छन् ।

 कैदीको कैद मिनाहा तथा माफीमा कुनै विभेद नगरि   असल आचरण र कानुनले तोकिएको मापदण्ड पूरा गरेको  कैदी बन्दीहरू नियमानुसार छुट्नुपर्ने गृहमन्त्री लामिछानेले बताएका छन् । 

२०७९ मङ्सिरमा निर्माण सम्पन्न गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० जना कैदी बन्दीहरु रहेका छन् । १ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारको  प्रत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech