बसपार्क क्षेत्रबाट भन्सार छलि गरि ल्याईएकाे अबैध सामान बरामद

शाख न्यूज    प्रकाशित: २०८१-१-२ गते   १४४ पटक हेरिएको

नेपालगन्ज - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे ४५ हजार भन्दा बढिकाे सामान नेपालगन्ज स्थित बाइपासबाट बरामद गरेकाे छ । 

प्रहरीले चैत ३० गते शुक्रबार  नेपालगन्ज  उपमहानगरपालिका वडा नं- ४ बसपार्क  क्षेत्रबाट ४५ हजार बढिकाे भन्सार छली गरि अबैध रुपमा ल्याईएका सामान बरामद गरेकाे हाे । 

बसपार्क सडक खण्डमा भारतबाट अबैध मालसामानहरु ल्याएको भन्ने सुचना प्राप्त अनुसार  परिचालन भएकाे टाेलीले साे सामान पक्राउ गरेकाे वडा प्रहरी कार्यालयले जनाएको छ । 

अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेका प्रहरी नायब निरीक्षक कुल बहादुर बि.क.को  कमान्डमा खटिएको  संयुक्त प्रहरी टोलीले भारतबाट भन्सार छलि अबैध रूपमा चोरी पैठारी गरी ल्याईएका कुर्ता सुरुवाल, फोटोकपी पेपर, स्टडी टेबल र चिनी  लगायतका सामान अन्दाजी जम्मा बजार मुल्य ४५ हजार १ सय रूपैया बराबरको  सामान बरामद गरिएकाे हाे । 

उक्त बरामद गरिएको सामान वडा प्रहरी कार्यालय नेपालगन्जमा पठाइएको प्रहरी नायब निरीक्षक बि.क. ले बताएका छन् । 

बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र  आवश्यक कारबाहीका लागि आइतबार  नेपालगंज भन्सार कार्यालयमा पठाईएकाे  वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech