RAJA KHAN NEPALGUNJ T-Ten रात्रीकालिन क्रिकेट प्रतियोगिताको नेपालगन्जमा आयोजना

शाख न्यूज    प्रकाशित: २०८०-१२-२६ गते   २२८ पटक हेरिएको

बाँके २६ चैत - भेरी रकर्स स्पोर्टस क्लव नेपालको आयोजनामा RAJA KHAN NEPALGUNJ T-Ten रात्रीकालिन क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।

गत बर्ष गरिएको प्रतियोगिताको अपार सफलता पछि व्यवस्थित तरिकाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ बिशालचोक स्थित खेल मैदानमा राजा खान नेपालगन्ज टि- १० रात्रीकालिन क्रीकेट आगामी बैशाख ७ गते देखि दोस्रो संस्करण प्रतियोगिताको हुने भएको छ । 

भेरी रकर्स स्पोर्ट्स क्लबले विगत लामो समय देखि खेल क्षेत्रमा चासो राखी बाँके जिल्ला तथा अन्य जिल्लामा समेत खेल प्रतियोगितामा सहभागी हुदै आइरहेको छ । प्रतियोगिताका लागि नेपालगंज उपमहानगरपालिकाले आर्थिक सहयोग गरिएको जानकारी समेत मो.साजिद खाँनले जानकारी दिएका छन् ।

उक्त प्रतियोगिताको विजयी पुरस्कार १ लाख र उप-विजेता लाई पचास हजार नगद संहित ट्रफी प्रमाणपत्र मेडल लगायत अन्य आकर्षक उपहार रहेको छ. Man of The series, Man of the Match, Best Batsman, Best Baller लाई समेत् पुरस्कार बितरण गर्ने क्लबका साहिल अन्सारीले  बताएका छन् । 

बाँके र बर्दियाका गरि ६४ वटा समुहले प्रतियोगितामा भाग लिन पाउने  रोसन कुमार शाहले जानकारी दिए । सो खेल Vicky Tennis Ball LBW Review बाहेक ICC को नियम अनुसार खेलाईने आयोजक टिमले जनाएको छ। सो प्रतियोगतामा समूह दर्ता शुल्क ८०००/- रहेको छ प्रेस वक्तव्य उल्लेख गरिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech