आगामी बैशाख ११ गते आठवटै स्थानीय तहमा पालिका स्तरिय संघर्ष समिति गठन हुने

शाख न्यूज    प्रकाशित: २०८०-१२-२२ गते   १२३ पटक हेरिएको

नेपालगन्ज -  संयुक्त दलित संघर्ष समिति बाँकेले आठवटै पालिकामा पालिका स्तरिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने भएको छ । बुधवार नेपालगंजमा बसेको संयुक्त दलित संघर्ष समिति बाँकेको बैठकले आगामी वैशाख ११ गते एकैदिन आठवटै पालिकामा एकसाथ पालिका स्तरिय समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेपछि पालिका स्तरिय समिति गठन हुने भएको हो ।

बैठकले जिल्ला समिति  सदस्यहरुलाई पालिका स्तरिय संघर्ष समिति गठन गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । नेपालगंजमा जीवन सिङ परियार कोहलपुरमा शान्ती सुनार खजुरामा अमर बहादुर बि. क , राप्तीसोनारीमा कृष्ण बहादुर बि क , जानकीमा मोहनलाल सोनकर , बैजनाथमा निर्मला सुनार, डुडुवामा प्रकाश नेपाली र नरैनापुरमा बुद्ध बहादुर सुनार लाई जिम्मेवारी तोकेको संयुुक्त दलित संघर्ष समिति बाँके सचिव दिल बहादुर परियारले जानकारी दिएका छन्  ।

गत २१ मार्च अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवशका दिन नेपालगंजमा गठन गरिएको ५३ सदस्यीय समितिले दलित माथि हुने गरेका विभेद र अन्याय अत्याचारका बिरुद्ध निरन्तर संघर्ष र पैरवी गर्ने र जिल्ला भरीका दलितहरुलाई संगठित गर्ने उदेश्यले पालिका स्तरिय संघर्ष समिति गठन गर्न लागिएको संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक कृष्ण बि.क. रसाईलीले जानकारी दिएका छन्  ।

संयोजक रसाईलीले संबिधानमा सुनिश्चित गरिएका दलितहरुको अधिकार लाई ब्यवहारमा सही कार्यान्वयन गर्न गराउनुका साथै बर्तमान राजनितिक परिघट्नामा दलितका अधिकारहरु गुम्ने खतरा देखिएकोले राबै राजनितिक बिचार र आस्थामा नेतृत्व गर्ने दलित नेताहरु र संघसंस्थाका अगुवाहरु सहितको सर्वपक्षिय संयुक्त दलित संघर्ष समिति गठन गरिएको बताए ।

समितिमा जोडिन सम्पूर्ण दलित समुदायका अगुवाहरुलाई आह्वान  गर्दै दलितका सवालमा राजनिति आस्था र बिचार बाट माथी ऊठी संघर्षका कार्यक्रमहरु समेत  निरन्तर गर्ने संयोजक रसाईलीले बताएका छन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech