घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

शाख न्यूज    प्रकाशित: २०८०-१२-१८ गते   ७४ पटक हेरिएको

बाँके १८ चैत - नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा एक जना युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय अन्दाजी  २०/२२ वर्षीय युवक अरबी खाँको  घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतवार विहान १० बजेतिर शव फेला परेको हो ।

उनको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ । घटनारातीको भएपनि प्रहरीले घटनाबारे बिहान जानकारी पाएको थियो ।

अरबी पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती भएको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech