कैलाली - कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।
गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव टिकापुर–२ सन्कटी घाटमा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदम बिष्टले जानकारी दिएका छन् ।
घटनालगत्तै बेपत्ता भएका शाहीको खोजीका लागि सुरक्षाकर्मीको टोलीसहित स्थानीयवासीहरु रहेका थिए । पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए ।