होलिको शुभकामना आदान–प्रदान कार्यक्रम मिसन नेपालले मनायो

शाख न्यूज    प्रकाशित: २०८०-१२-१० गते   ८१ पटक हेरिएको

नेपालगन्ज, १० चैत – मधेश मिडिया मिसन नेपाल बाँके शाखाद्वारा हर्षोउल्लासका साथ होली पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम मनाएको छ । कार्यक्रमको अध्यक्षता मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले गरेका थिए ।

शनिबार स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा सम्पन्न होली शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि तथा  सांसद लक्ष्मी तिवारीले सबैमा होलीको शुभकामना दिएकी हुन । धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा देखिएका समस्याहरुलाई समाधानका लागि अग्रसर हुने  सांसद तिवारीले बताएकी हुन ।

 कार्यक्रममा अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमाल, पण्डित शिवप्रसाद पाठक, समाजसेवी माधवराम बर्मा, अधिवक्ता तथा सामाजिक अभियन्ता विश्वजीव तिवारी, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र बहादुर शाह, हनुमान चालिसा समितिका सदस्य दिलीप रेग्मी  खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य नरेन्द्र थापा, एचसीआरसीका रबिन्द्र ज्ञवाली , कोषाध्यक्ष चन्दा सिंह र सदस्य शुभम शर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन शाखा सचिव सन्ध्या शर्मा गरेकी हुन । सो कार्यक्रममा स्वागत मन्तब्य मधेश मिडिया मिसन नेपाल बाँके शाखा उपाध्यक्ष मनोज कौशलले गरेका थिए  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech