चर्चित मोडल बिकासको "सँगे महि लइरि चलो" थारू म्युजिक भिडियोको छायांकन सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७७-५-१८ गते   १४२० पटक हेरिएको

बर्दिया १९ भदौ - बर्दियाको भुरीगाउँस्थित बनबिरपूर भन्ने स्थानमा सँगे महि लइरि चलो बोलको थारु म्युजिक भिडियोको बिहिबार छायांकन सम्पन्न भएको छ । थारु गित संगितको तिब्र गतिमा चर्चा परिचर्चा भइरहेकोले म्युजिक भिडियोहरु  धमाधम छायाङंकन हुनुका साथै सार्वजनिक पनि भइरहेका छ्न । उक्त म्युजिक भिडियो थारू कला संस्कृतिका तथा पहिचान झल्काउने किसिमले निर्माण गरिएको निर्देशक सत्यनारायण चौधरी (फेटारा) ले बताउनुभयो ।
बर्दियाको बाँसगढी घर भएका कलाकार तथा मोडल बिकास चौधरी थारु कलाकारितामा रमाउनुका साथै आफ्नो क्रेज बनाइरहेका छन् । हालै छायांकन सम्पन्न भएको थारु म्युजिक भिडियोमा समेत मोडल बिकासको दमदार अभिनय रहेको छ । दर्शकहरुलाई मनोरञ्जनका साथै थारू कलाकारिताबाट आफ्नो करियर बनाउने र सफलताको शिखर चुम्नका लागि धेरै भन्दा धेरै मेहनत र राम्रो गर्ने बताउनुभयो । त्यसको लागि जस्तोसुकै दु:ख, कष्ट भोग्नुपरेपनि कलाकारिता क्षेत्रमा नै जिबन बिताउने जानकारी दिनुभयो । थारु म्युजिक भिडियोमा भ्याइ नभ्याइ भएका कलाकार तथा मोडल बिकासले केहि समय अगाडि थारु गित ये जान, जौ मै हुइतो, चुरिया बोले खनखन बोलका म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । जस्ले गर्दा छोटो समयमा नै चर्चा कमाउन सफल भएका छन् ।
बजारमा नेपाली गितसंगितका साथै थारु गितसंगितको महत्त्व पनि बढिरहेको छ । त्यसका साथै आम मानिसहरुले मनपनि पराइरहेका हुन्छन् । यसरी एक पछि अर्को गरि थारु गितहरु सार्वजनिक भइरहेकाले थारु समुदायका साथै अन्य समुदायका मानिस हरु पनि उत्साहित भएका छन । सो गितको म्युजिक भिडियो केहि दिनमा सार्बजनिक गरिने सुटिङ युनिटले जनाएको छ । छायांकन गरिएको  बोलको थारू गितमा गायक सन्तराम थारु  र गायिका समिक्षा चौधरीका साथै शब्द संगित पनि सन्तराम थारु को रहेको छ । उक्त भिडियोमा चर्चित मोडल बिकास चौधरीका साथै लक्ष्मी चौधरी, सरोज चौधरी र राधा चौधरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । गोचाली मिडिया प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोको छायांङकन खडक चौधरी ले गर्नुभएको छ भने  निर्देशक सत्यनारायण चौधरी (फेटारा) रहेका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech