बाघको आक्रमणबाट राप्तीसोनारीमा शर्माको मृत्यु

शाख न्यूज    प्रकाशित: २०८०-१२-४ गते   १८७ पटक हेरिएको

नेपालगन्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर-९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शर्मा ढकेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरीस्थित जंगलमा आज बिहान साढे ५ बजेतिर शव फेला परेको थियो ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बीचमा रहेको भालुखोलामा फेला परेको छ । मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनी निस्केको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech