'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८०-११-२२ गते   ९० पटक हेरिएको

कोहलपुर २२ फागुन - बाँकेको कोहलपुरमा २८ वर्षपछि आयोजना भएको चार दिने 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा सञ्चालन भएको 'डी' लाइसेन्सकाे उक्त कोचिङ्ग कोर्षकाे कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर मंगलबार सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गरेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले सहभागीरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चार दिनसम्म कोहलपुरकाे तेह्र बिघामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनुपर्नेमा जोड दिइन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताइन् । 

बाँके जिल्ला फुटबल संघकाे गठन पश्चात पहिलोपटक कोहलपुरमा २८ वर्षपछि 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीकाे सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech