१७ औ स्थापना दिवसमा बाल बचतकर्ताहरुलाई शैक्षिक सामाग्री हस्तान्त्रण

शाख न्यूज    प्रकाशित: २०८०-११-१८ गते   १३६ पटक हेरिएको

कोहलपुर १८ फागुन - बाँकेको कोहलपुरमा रहेको संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवस शुक्रबार  सम्पन्न गरिएको छ ।

संघर्ष दलित महिला बचत तथा ऋण सहकारीले आफ्नो स्थापना दिवसका अबसरमा अभिभाबक गुमाएका , गरिब तथा जेहेनदार बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्त्रण गरेको छ । सामाजिक बिकास कोष मार्फत करिब ३० जना बाल बचतकर्ताहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो 

उक्त  सहकारीद्वारा दलित तथा विपन्न महीलाहरूको आर्थिक सशक्तिकरणका साथै  स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष जानकी बि.क. ले बताईन । 

सहकारीमा आबद्ध भएका बाल बचतकर्ताहरुलाई सहज होस् भन्ने उद्येश्यले शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको ब्यबस्थापक तुलसी सुनारले जानकारी दिइन ।

जानकी बि.क. को अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा नेफ्सकुन पुष्पराज तिमिल्सीना, चुलिमालिका सहकारीका ब्यबस्थापक कल्पना कार्की, शेयर सदस्य, कर्मचारी , समाजसेवी , बुद्धिजीवी  लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech