नेपालगन्ज - नेपाल प्रहरीको सहायक हवल्दारबाट प्रहरी हवल्दारमा बढुवा भएका ४४ जना हवल्दारहरुले आइतबार दर्ज्यानी चिन्ह पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सुवासचन्द्र बोहराले प्रहरी प्रधान कार्यालय नक्सालको फागुन ०३ गतेको पत्रानुसार सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएकाहरुलाई आइतबार बाँके प्रहरी कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह पाएका हवलदारलाई एसपी बोहराले कर्तव्यनिष्ट भएर इमानदारीपूर्वक कार्य गर्न निर्देशन दिएका हुन् ।