बाँके ०१ फागुन - बाँकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि मंगलबार गाउँपालिकाले विदाई गरेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खरालको दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकामा सरुवा भएको छ ।
जनप्रतिनिधि, कर्मचारी , जनताको बिचमा पारस्परिक सम्बन्ध कायम भएमा बिकास निर्माण र स्थानीयवासीको हकहितका लागि सदैव सजिलो हुने खरालले बताएका छन् ।
त्यसका साथै नेपाल सरकारको प्राप्त नीति निर्देशन लाई पालना गर्दै सेवाग्राहीलाई चुस्त र दुरुस्त, छिटोछरितो रूपमा उनले सेवा प्रदान गर्दै आएका थिए । नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खरालले १ वर्ष २ महिना सम्म अनुशाशीत, इमानदारीताका साथ कुशलतापुर्वक जिम्मेवारी वहन गरेर स्थानीयबासीहरुको मन जित्न सफल भएका थिए ।
नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत द्वारा गत आर्थिक बर्षमा समग्र नरैनापुरबासीहरुको हकहित तथा बिकास निर्माणका कार्यहरुमा सधैं अग्रसर भएर काम गरिरहेका थिए ।
बिकास निर्माणप्रतिको चिन्तन, कार्य योजनालाई कानुनी , प्रक्रियागत नीति , बनाएर जनप्रतिनिधि , कर्मचारी , तथा स्थानीयवासीको सामुहिक सल्लाह, सुझाव र मार्गदर्शनले समग्र नरैनापुर अन्तर्गतका वडाहरुको समेत बिकासमा निरन्तर अग्रपंक्तिमा प्रमुख प्रशासकीय अधिकृत खराल रहेका थिए ।
उनको कार्यकालमा बिकासका कार्य तथा अनुभवहरु राम्रा र उदाहरणीयका साथै अबिष्मरणिय रहेका छन् गाउँपालिका लेखा अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् । विदाईको क्षण नरमाइलो भएपनि सरुवा नियमित प्रक्रिया भएको हुनाले खरालको नेतृत्वमा काम गर्दा उत्साह मिलेको लेखा अधिकृत बस्नेतले बताएका छन् । मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मानका साथै बिदाई गरिएको बस्नेतले जानाकारी दिएका छन् ।
साथै कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी , स्थानीयवासी , सुरक्षाकर्मी लगायत , कर्मचारीको समेत उपस्थिति थियो ।