गाउँपालिकाद्वारा अपांगता परिचयपत्र वितरण

शाख न्यूज    प्रकाशित: २०८०-१०-२८ गते   १४१ पटक हेरिएको

बाँके - जानकी गाउँपालिकाले अपांगता परिचयपत्र वितरण गरिरहेको छ । वडा-वडामा घुम्ती शिविरको आयोजना गरेर अपांगता परिचयपत्र वितरण भइरहेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले वडा नम्बर १, २ र ३ मा अपांगता परिचयपत्र वितरण गरिसकेको शाखा प्रमुख कल्पना गाहाले जानकारी दिइन् । वडा नम्बर १ देखि ६ सम्म माघ २६ देखि फाल्गुन ३ सम्म घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको गाहाले बताइन् ।

पूर्ण अशक्तलाई रातो, अति अशक्त निलो, मध्यम पहेँलो र सामान्यलाई सेतो परिचयपत्र दिइन्छ । वडा नम्बर ३ मा भएको घुम्ती शिविरमा वडा अध्यक्ष राजकुमार कुर्मी, वडा सदस्य हुसेनी अहिर, जानकी गाउँपालिका अपांगता संजालका सल्लाहकार रामानन्द तमोली लगायतले परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech