डेन्टल अस्पतालद्वारा अधिकारकर्मी परियार सहित ५ जना सम्मानित

शाख न्यूज    प्रकाशित: २०८०-१०-२७ गते   २०३ पटक हेरिएको

बाँके - बिगत लामो समय देखि बाँकेको कोहलपुरबाट सेवा प्रदान गर्दै आइरहेको कोहलपुर डेन्टल अस्पतालले आफ्नो २० औं स्थापना दिवस मनाएको छ ।

२० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिने व्यक्तिहरुलाई आज सम्मानित गरिएको अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

खाद्य अधिकारकर्मी धर्मलाल रोकाय, मानव अधिकारकर्मी पुनित विक्रम शाह, दलित अधिकारकर्मी डिल वहादुर परियार सामाजिक अभियान्ताहरु नमस्कार शाह र माधवी शाहलाई सम्मान गरिएको शाहीले बताएका छन् ।

दिवसको अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयहरु एवम् विपन्न समुदायलाई लक्षित गरी निःशुल्क बिशेषज्ञ सहितको दन्त शिविरको आयोजना समेत गरिएको उनले भनेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech