नरैनापुरमा ५ औं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शाख न्यूज    प्रकाशित: २०८०-१०-१८ गते   ५५ पटक हेरिएको

बाँके । बाँकेको नरैनापुरमा ५ औं  अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुरमा बुधबार  प्रतियोगिताको उद्घाटन गरिएकोहो । नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गरेका थिए । नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय ५ औं  अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर ५ मा रहेको रंगशालामा शुक्रबारसम्म चल्नेछ । प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुनेछन् ।

उद्घाटन कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए । उपाध्यक्ष श्रीवास्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताइन् । 

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष इशाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ३ का अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ६ का अध्यक्ष प्रेमप्रसाद मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी र जिन्सी शाखा प्रमुख भरत महतो लगायतको उपस्थिति रहेको शिक्षक सज्जाक खानले जानकारी दिए । त्यस अवसरमा विद्यार्थीहरुले गाउँपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए ।

खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निवर्तमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र जनक केसी रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।  प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech