डडेल्धुरामा ८ जना कोरोना संक्रमीत थपिए

शाख न्यूज    प्रकाशित: २०७७-५-१८ गते   ७३० पटक हेरिएको

डडेल्धुरा १८ भदौ -  सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा  गरीएको २४४ नमूना हरुको कोरोना परीक्षण गर्दा ८ नतिजा पोजिटिभ र २३६ नतिजा नेगेटिभ आएको छ ।  कोरोना परीक्षणमा संक्रमितहरु डोटी , अछाम , दार्चुला र बझाङ  जिल्लाका रहेका छन ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार  २४४ जनामा गरिएको कोरोना परिक्षणमा डोटी जोरायल गाउँपालिकाका ४ जना , अछाम मेल्लेख गाउँपालिकाका १ जना, चौरपाटि गाउँपालिकाका १ जना  र बझाङ  बुङ्गल नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यसैगरी दार्चुला जिल्ला प्रहरी कार्यालयका १ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो। 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech