श्रीमतीको उपचारका लागि श्रीमान शाह द्वारा सहयोगको अपिल

शाख न्यूज    प्रकाशित: २०८०-९-२९ गते   ४३३ पटक हेरिएको

बाँके २९ पुस - कोहलपुर स्थित पिपिरी नयाँ बस्ती टोलमा बस्दै आएकी ममता टमटा शाह दुबै मृगौलाको  समस्याले पीडित भएकी छिन । बर्ष २२ कि दुबै मृगौला पिडित शाह बचाउ अभियान  संचालनमा आएको छ । 

मृगौला पिडित ममता लाई उपचारको क्रममा भारत को लखनउ र कोहलपुर मेडिकल कलेज मा उपचार गर्दागर्दै परिवारले आफ्नो जिन्दगी भरिको कमाई सकिएता पनि निको नहुँँदा परिवार चिन्तित बनेको छ । वडाको सिफारिस बाट वडा,गाउँ घरमा लगभग ८० हजार चन्दा संकलन गर्दा पनि पुर्णरुपमा उपचार नभएको गुनासो आफन्तजनले बताएका छन । 

हाल कोहलपुर मेडिकल कलेजले काठमाडौं रिफर गरिएता पनि जान नसकेर  पिडित घरकोकोठामा मृत्यु कुरेर बस्नु बाहेक अरु कुनै विकल्प नभएको गुनासो पीडित ममताले  आइतबार पत्रकार सम्मेलनमा बताइन् ।

उपचारका लागि आवस्यक आर्थिक नहुदा पीडित ममता घरमा बसिरहेकि छिन् । श्रीमान सुमन कुमार शाहले श्रीमती ममताको उपचारका लागि सम्पूर्ण देश र विदेशमा रहुनु भएका सम्पूर्ण सहयोगी मन हरुलाई गुहार गर्दै सहयोगको अनुरोध गरिरहेका छन । न्यून आर्थिक अबस्थाका कारण टाढा उपचार गर्ने क्षमता नभएको कारण  उपचार असफल भएकाले स्थिती झन झन बिग्रेकाले गाँउवासिहरुद्वारा सहयोग संकलन गरिएको थियो ।

डाक्टरका अनुसार उपचारमा धेरै  रकम लाग्ने भएकाले आर्थिक अवस्था एकदम कमजोर रहेको हुँदा  श्रीमतीलाई उपचारको लागि सहयोग गरिदिनका लागि श्रीमान शाहले  हार्दिक अपिल गरेका छन् ।  

ममतालाई उपचारका लागि सहयोग गर्न चाहने इच्छुकले ग्लोबल आइएमई बैंक कोहलपुर बाँकेमा रहेको ममता टमटा शाह खाता न.३१४०७०१००१७१७० मा जम्मा गर्न सकिने श्रीमान शाहले जनाएका छन् । शाहका एउटा  छोरा रहेका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech