बाँके १७ भदौ - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज द्वारा बुधबार नेपालगंजको विपि चाेक, आदर्शनगर, कारकाँदो, राँझा स्थित मासु पसलहरुको अनुगमन गरिएको छ । हालको अवस्थामा ब्रोईलर कुखुराको मासु प्रति किलो अधिक्तम रु ३०० भन्दा बढि मूल्य नलिन व्यवसायीहरुलाई निर्देशन दिईएको छ । ब्यवसायिहरुले सो भन्दा बढी मूल्य नलिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार गरिएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उत्पादन र आपुर्ति सहज भएको जानकारी दिनुभयो । सोही कार्यालयका सूचना अधिकारी समेत रहनु भएका नायब सुब्बा देवीलाल चौलागाईं , जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका विमल गुरुङ्ग र लक्ष्मी शाही तथा भेटेनरी अस्पतालका भोजराज रावल लगायतको सहभागीता रहेको थियो ।
प्रमुख पौड्यालका अनुसार खरिदकर्तालाई पनि तोकिएको मुल्य अनुरुप किन्न आग्रह गर्नु भएको छ ।