जनएकता सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८०-९-२४ गते   ४४३ पटक हेरिएको

प्रेम सिंह एस.के

बाँके २४ पुस - बाँकेको डुडुवा गाउँपालिका वडा न ६ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संस्थाको प्राङ्गणमा आयोजित सभामा नेतराम मौर्यको अध्यक्षतामा समपन्न भएको हो । 

उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री गजेन्द्र बहादुर हमाल रहेका थिए । पुर्व मन्त्री हमालले सभालाई सम्बोधन गर्दै “सहकारी लगायत जुनसुकै संघसंस्थाहरु भएपनि यी संस्थाहरु अघि बढाउन कुशल, गतिशिल नेतृत्वको आवश्यकताका साथै कुशल, सक्षम, गतिशिल, नयाँ विचारधारको नेतृत्व नभए संस्था अघि बढ्न सक्दैन” बताएका छन्। नेतृत्वदायी भुमिकामा रहेका पदाधिकारीहरुले संस्थालाई पारदर्शी र सदस्यहरुप्रति इमान्दार हुन जरुरी रहेको समेत उनले बताए । 

संस्थालाई अझै निरन्तर रुपमा सफलता हासिल गराउनका निम्ति आफू कटिबद्ध भएर सहकार्य गर्ने प्रतिबद्धता गर्दै शुभकामना समेत पुर्व मन्त्री हमालले दिएका छन् ।

सहकारी संस्थाका हरेक  क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी रुपले सहनशील भएर निष्पक्ष  र प्रभावकारी  ढंगले अहम भुमिका निर्वाह गरि आफुलाई पदिय दायित्व एवं जिम्मेवारीलाई पूरा गर्नका लागि निरन्तर  खटिने प्रतिबद्धता समेत अध्यक्ष मौर्यले जाहेर गरेका छन् ।

दिगो विकास सामाजिक रुपान्तरण तथा आर्थिक विकासका लागि सहकर्मी समाज, सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर र जनएकता समाजको सहयोग र समर्थनमा २०६६ सालमा दर्ता भएको समेत अध्यक्ष मौर्यले जानकारी दिएका छन । 

स्थानीय उत्पादनलाई बजारीकरण तथा स्टोरेज गर्न गोदामको प्रयोग गर्ने , स्थानीय स्तरमा किसनलाई मल बीउ विषादी उपलब्ध गराउनुका साथै माग अनुसार योजना निर्माण गरि उपलब्ध गराउने, संचालक समिति र कृषकहरुलाई अनिवार्य रुपमा अवलोकन भ्रमणमा सहभागी गराउने, कार्यक्षेत्र डुडुवा गाउँपालिकालाई बनाउने , लगानी भएको ऋण रकम असुली गर्ने र ५ वर्ष भन्दा बढी भएकालाई कार्वाहीको दायरामा ल्याउने , धान गहुँको विउ उत्पादन कृषकहरुको संगठन बनाउने र सहकारीहरु संग अनिवार्य रुपमा हातेमालो गरि बजारीकरण गर्ने , कृषकहरुलाई पशुपालन व्यवस्थापन तालिम तालिम तथा सहयोग गर्ने , सिचाईका लागि कृषि औजार सहयोगका लागि प्रस्ताव पत्र तयार गरि कार्यक्रम माग गर्ने र कार्यान्वयन गर्ने , स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उपकरण , समन्वय सहकार्य गर्ने लगायतका विभिन्न प्रस्तावित योजनाहरु संस्थाका रहेका छन् । 

सो साधारणसभामा आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक रतिराम कुमारले र संस्थाको वार्षिक प्रगति  प्रतिवेदन संस्थाका सचिव मो. साबिर खाँले प्रस्तुत गरेका थिए । 

आयोजित १४ औं  वार्षिक साधारणसभा सभामा जनप्रतिनिधि , समाजसेवी , बुद्धिजीवी सुरक्षाकर्मी संचारकर्मी , सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि ,  संस्थामा आवद्ध शेयरधनी , सदस्यहरु  बचतकर्ता , कर्मचारीहरु लगायत ज्येष्ठ नागरिकहरुको समेत उपस्थित रहेको थियो । धुर्वराज शर्माले कार्यक्रम संचालन गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech