पार्टी पद्धतिमा चले जनताको आकर्षण बढ्ने - केन्द्रिय सदस्य पौडेल

शाख न्यूज    प्रकाशित: २०८०-९-२३ गते   ६६ पटक हेरिएको

नेपालगन्ज २३ पुस -  नेपाली कांग्रेस बाँकेले सोमबार नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको 'कार्यकर्ता भेटघाट तथा सम्बोधन' कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले पार्टी पद्धतिमा चले जनताको आकर्षण बढ्ने बताएकी छिन् । उनले पार्टीभित्र समूह बन्नु अस्वभाविक नभएको भन्दै समूहको औचित्य आन्तरिक प्रतिष्पर्धामा मात्र सीमित हुनुपर्ने बताइन् ।

केन्द्रीय सदस्य पौडेलले अग्रज नेताहरुले जनता र राष्ट्रका लागि गरेको समर्पण नेता कार्यकर्ताले आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले पार्टीमा एउटै ब्यक्तिलाई निरन्तर अवसर दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

पार्टी सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण पार्टी पंक्ति प्रतिबद्ध बनेर लागेको बताए । पार्टी सभापति गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेनुसिंह ठाकुर र विनोदकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी) लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech