डडेल्धुरा १७ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा गरीएको २९० नमूना हरुको कोरोना परीक्षण गर्दा १० नतिजा पोजिटिभ र २८० नतिजा नेगेटिभ आएको छ । कोरोना परीक्षणमा संक्रमितहरु डडेल्धुरा र बझाङ जिल्लाका रहेका छन ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार २९० जनामा गरिएको कोरोना परिक्षणमा बझाङ दुर्गाथलि गाउँपालिकाका ३ जना , मष्ठा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल्कोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यसैगरी डडेल्धुरा स्थित अमरगढि नगरपालिकाका १ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा १० जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो।