नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको बिशेष भेला सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८०-९-१५ गते   २३२ पटक हेरिएको

नेपालगन्ज १५ पुस - नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको बिशेष भेला जिल्ला कार्यसमिति टेक बहादुर के.सि.को अध्यक्षतामा सम्पन्न भएको छ ।

आइतबार आयोजित बैठकले बाँके जिल्लाका ८ स्थानिय तहमा नेपाल स्वास्थ्यकर्मी संघको स्थानिय तहको अधिबेसन २०८० माघ १५ गते भित्र सम्पन्न हुने गरि समन्वय, परिपत्र गर्ने, पालिका तथा जिल्ला तहको अधिवेशन सम्पन्न गर्नका लागी ५ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला कार्यसमितिका अध्यक्ष टेक बहादुर के सी को संयोजकत्वमा वनेको उक्त समितिमा सह - संयोजकमा तेज बहादुर वली र सदस्यमा नरेशबाबु श्रेष्ठ, दुर्गा गौतम, जागेश्वर बस्नेत रहेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको उक्त भेलाको अवसरमा विभिन्न पदमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान तथा बधाई कार्यक्रम समेत सम्पन्न गरेको छ । प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी संघ केन्द्रिय बरिष्ठ उपाध्यक्षमा निर्वाचित नरेश बाबु श्रेष्ठ, लर्ड बुद्ध एजुकेशनली एकेडेमी कर्मचारी संघको केन्द्रिय सभापतीमा निर्वाचित यम बहादुर खड्का , विभागीय अध्यक्षमा निर्वाचित विजय त्रिपाठी, टेड युनियन काग्रेस जिल्ला कार्यसमिति बाँकेमा सहसचिव मा निर्वाचित अमृता शाही, सदस्य मोहन देवकोटा र हेमन्त शर्मा लगायतलाई एकमुष्ट सम्मान गरेको छ । यस पछि पौष १६ गते बाट नै स्थानिय तहका आस्थावान स्वास्थ्य कर्मीहरु विच समन्वय बैठक तथा अधिबेसन सम्पन्न गर्न जिल्लाको टिम समेत खटिने संघका जिल्ला कार्यबाहक सचिव तेज वलीले बताएका छन्। सो कार्यक्रममा निबर्तमान अध्यक्ष सरोज कुमार शाहको पनि उपस्थीती रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech