१७ बर्षिया बालिकामाथि बलात्कार, एक किशोर पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-९-१२ गते   १३२ पटक हेरिएको

कंचनपुर १२ पुस - कंचनपुर स्थित बागफाँटाकी एक बालिकामाथि बलात्कार भएको छ । भीमदत्त नगरपालिका १९ बाँगफाटाकी १७ बर्षिया बालिकामाथि बलात्कार भएको हो ।

पुस १० गते साँझ ति बालिकामाथि बलात्कार भएको घटना पीडितले प्रहरीकहाँँ पुगेर खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले पीडित बालिकामाथि बलात्कार भएको घटनाबारे प्रहरीमा उजुरी परेको बताए ।

प्रवक्ता डाँगीका अनुसार पीडित पक्षबाट आएको जाहेरीका आधारमा २७ बर्षिया प्रेम प्रकास जोशीलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

महिला अधिकारकर्मीले घटना मिलाउने खेलदेखि चलखेल नगर्न चेतावनी दिएका छन् । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । (साभार : जनसरोकारपोष्ट डटकमबाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech