दुबै मृगौला पीडित पूर्ब कमान्डर नरेन्द्रको सहयोगका लागि श्रीमती रमा को अपिल

शाख न्यूज    प्रकाशित: २०७७-५-१६ गते   २१३६ पटक हेरिएको

कुशल दर्लामी बाँके १७ भदौ - बाँकेको बैजनाथ गाउँपालिका ५ बनकटवा निवासी नरेन्द्र बोहराको बिगत ३ बर्ष देखी दुबै मृगौलाले काम नगरे पछि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । पूर्ब जनमुक्ति सेना का सहायक कमान्डर नरेन्द्र बोहरा नरहरिनाथ  गाउँपालिका ९ कालिकोटमा जन्मिनु भएको हो । हाल परिवार सहित  बैजनाथ गाउँपालिका ५ बनकटवा बाँकेमा भाडामा बस्दै आएका छन् । पूर्ब कमान्डर नरेन्द्र बोहराको बिगत ३ बर्ष देखी दुबै मृगौलाले काम नगरे पछि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन ।
 बि. स. २०५५ सालमा बिद्यार्थि जिवनबाट नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको सदस्यता लिएर शुरु गरेको राजनीति यात्रा २०५७ सालमा पार्टीमा नै पुर्ण रूपमा प्रवेश गर्नु भएको थियो । त्यसपछि जनमुक्ति सेना को बटालियन सहायक कमान्डर पनि हुनुभएको थियो । वि. स.  २०६९सालमा अरुनखोला चौथो डिभिजन अन्तर्गत सलिम स्मृति ब्रेगेड कार्यालयबाट बटालियन सहायक कमान्डरबाट नरेन्द्र र श्रीमती रमा पनि पलाटुन कमान्डरबाट अवकाश प्राप्त गर्नु भएको हो। बिगत १० बर्षे जनयुद्धमा जनयुद्धमा पार्टी को लागी आफ्नो जिबनलाई  त्यागेर लागियो साथै  देश र जनताको परिवर्तनकालागी सधैं अग्रपंक्तिमा रहेर लडाइँ गरेता पनि बिडम्बना गरिबीको चपेटामा परेकाहरुकोलागी  परिवर्तन भएन । जसले गर्दा परिवर्तन सिमित ब्यक्तिहरुका लागी मात्र भयो हामी त जहाँ छौँ त्यहाँबाट एक कदम अगाडि पनि जान सकेनौं अहिले स्वास्थ्यमा जटिल समस्या देखिएको छ , तर सहयोगका लागि सम्पर्क गरेपनि चित्तबुझ्दो प्रतिक्रिया नआउँदा मन खिन्न हुने गरेको पीडित नरेन्द्रले बताउनुभयो ।
जनयुद्धमा होमिएको एउटा कमान्डर उपचारका लागी घर घरमा गएर हात जोडेर सहयोग माग्नु पर्ने स्थिति उत्पन्न भएको छ तर पनि सरोकारवालाहरुले चासो नदेखाएको गुनासो व्यक्त गर्नुभयो ।
उनले पहिलोपटक ग्रान्डि अस्पताल मा चेकजाँच गराउदा मृगौलाले काम नगरेको रिपोर्ट आएपछि करिब २ बर्ष ग्रान्डि मै उपचार गराएपछि हाल नेपालगन्ज मेडिकल कलेजमा डायलसिस गर्दै आएका छन् ।सहयोग हस्तान्तरणमा उपस्थित दिल बहादुर शाही को  संयोजकत्वमा नरेन्द्र बोहरा बचाउ कमरेड अभियान  कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरणमा उपस्थित मन बहादुर बोहरा , समिर मान बहादुर शाही (जिबन) ,उदय राना , नबिन शर्मा सिजक , निम बहादुर ओलि निबन्ध , सुकबिर बुढा सुर्य , मिना पौडेल (नबिना) , कृष्ण बहादुर चुनारा लगाएत अन्य सहयोगिदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । मृगौला दिन नरेन्द्र का बुवा ददे बोहरा तयार छन् त्यस्तै  नरेन्द्र का माईला दाई धन बहादुर बोहरा समेत तयार रहेको बताउनुभयो । मृगौला प्रत्यारोपण गर्दा लाग्ने र अन्य औषधि खर्च बापत ८ लाख देखि १५ लाखसम्म लाग्ने भएकाले अझै १४ लाख को आवश्यक भएको पीडित नरेन्द्र बोहराकि श्रीमती रमा बोहराले जानकारी दिनुभयो । साथै  सहयोग गरेकोमा सम्पुर्ण साथीहरूलाई धन्यवाद का अझै आवश्यक भएको रकम सहयोग गरेर आफ्नो श्रीमानको जिबन रक्षाका लागी सबैलाई हार्दिक अपिल गर्नुभएको छ । उहाँका १४ बर्षिया छोरी आकृति र ८ बर्षका छोरा आयुस रहेका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech