नेपालगन्ज - नेपालगन्जमा ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु भएको छ ।
धम्बोझी चोक नजिकै सेतु विक चोक जाने मोडमा आइतबार साँझ ना.३ ख. ८८५२ नम्बरको ट्यांकरले ठक्कर दिँदा भे.११ प. ७६५७ नम्बरको मोटरसाइकलमा सवार नेपालगञ्ज-१७ की १७ बर्षीया किशोरी सालिनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बुवा दीपककुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी सालिनीको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक दीपक सामान्य घाइते भएका छन् ।