भूकम्पका घाइते ४८ जना भेरी अस्पतालबाट डिस्चार्ज

शाख न्यूज    प्रकाशित: २०८०-७-२८ गते   १२६ पटक हेरिएको

नेपालगन्ज - नेपालगन्जस्थित  भेरी अस्पतालको 'डिजास्टर वार्ड' खाली भएको छ । भूकम्पका घाइते डिस्चार्ज भएपछि 'डिजास्टर वार्ड' खाली भएको हो । बिरामी नभएपनि यो वार्डलाई तयारी अवस्थामा राखिएको छ ।

भेरी अस्पतालमा रहेका ६ जना भूकम्पका घाइतेलाई अर्थोपेडिक वार्डमा राखिएको छ । अस्पतालमा जाजरकोट र पश्चिम रुकुमका ५८ जना भूकम्पका घाइतेलाई ल्याइएको थियो । त्यसमा एक जनाको मृत्यु भएको थियो । ३ जनालाई काठमाडौ रिफर गरिएको थियो भने ४८ जना डिस्चार्ज भएर घर गएका छन् ।

जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले डिस्चार्ज भएका भूकम्प प्रभावितलाई खाद्यन्नसहित गाडीको व्यवस्था गरेर पठाइएको बताए । कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि भेरी अस्पताललाई घाइतेको उपचारका लागि डेडिकेटेड अस्पताल तोकिएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech