डडेल्धुरा १६ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा गरीएको ५३५ नमूना हरुको कोरोना परीक्षण गर्दा ५६ नतिजा पोजिटिभ र ४७९ नतिजा नेगेटिभ आएको छ । कोरोना परीक्षणमा संक्रमितहरु डडेल्धुरा, अछाम , बझाङ र बैतडी जिल्लाका रहेका छन ।
डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार ५३५ जनामा गरिएको कोरोना परिक्षणमा बैतडी पुर्चौडी नगरपालिकाका १ जना, मेलौली नगरपालिकाका २ जना, शिगास गाउँपालिकाका ८ जना र अछाम पन्चदेवल बिनायक नगरपालिकाका ५ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी बझाङ बिथ्थडचिर गाउँपालिकाका २ जना , बुङ्गल नगरपालिकाका १४ जना , छब्बीसपाथीभरा गाउँपालिकामा २ जना, केदारस्यु गाउँपालिकाका १६ जना , थलारा गाउँपालिकाका ४ जना साथै डडेल्धुरा स्थित गन्यापधुरा गाउँपालिकाका २ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो।