नरैनापुरले पठायो भूकम्प पीडितलाई २ लाख भन्दा बढिको सहायता सामग्री

शाख न्यूज    प्रकाशित: २०८०-७-२२ गते   १०७ पटक हेरिएको

नेपालगन्ज - बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत सहायता सामग्री पठाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत खरालसहित वडा नम्बर ४ का अध्यक्ष मनोज शर्मा र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्तरण गरेको बताए । उनका अनुसार चामल, दाल, नून, आयोडिन लगायतका सामग्री रहेका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृतकका परिवारमा समबेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech