श्रोत नखुलेको अवैध ३ लाखरुपैयाँसहित भारतीय नागरिक पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-५-२७ गते   ८९१ पटक हेरिएको

बाँके २७ भदाै - नेपालगन्जको सीमा नाकाबाट श्रोत नखुलेको अवैध ३ लाखरुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको रुपइडिहाबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालगन्ज आउँदै गरेका ३० वर्षिय ईस्तियाक अहमदसँग चेक जाँचका क्रममा ३ लाख रुपैयाँ भेटिएपछि उनले श्रोत खुलाउन नस्क्दा सशस्त्र प्रहरी जमुनाह बिओपी उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नेपालगन्ज-१५ बाट मंगलबार ३ लाख रुपैयाँसँगै नियन्त्रणमा लिइएका अहमदलाई  आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको जनाएको छ। 

भन्सार बुझाइएको मोटरसाईकलको मूल्य २ लाख रुपैयाँ दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech