(धम्बोझी)मा वीरेन्द्रको शालिक राख्न सबैलाई एकजुट हुन आग्रह

शाख न्यूज    प्रकाशित: २०८०-५-१७ गते   २३९ पटक हेरिएको

बाँके - नेपालगञ्जको मुटु विरेन्द्र चोक (धम्बोझी)मा वीरेन्द्रको शालिक राख्न बाँकेका राजनैतिक दलहरु सकारात्मक रहेको मातृभूमि नवनिर्माण अभियानका अध्यक्ष तेज विक्रम शाहले बताएका छन् ।

विरेन्द्र चौकमा स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापनाका लागि गठन भएको “स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापना समितिले सर्वदलीय बैठक आयोजना गरेको र सो क्रममा राजनैतिक दलहरु सकारात्मक रहेको अभियानले दाबी गरेको हो ।

अभियानले आफ्नो दोस्रो चरणको कार्यक्रमअन्तर्गत सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा बिरेन्द्र चोकमा स्व. राजा बिरेन्द्रको शालिक पुनर्स्थापना गर्ने सन्दर्भमा बाँके जिल्लाका राजनीतिक दलहरु संग अन्तरक्रियाको गरेको बताए ।

बाँकेका १० राजनैतिक दललाई निमन्त्रणा दिएपनि सर्वदलीय बैठकमा नेपाली कांग्रेस, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनमत पार्टी र राप्रपा नेपाल सहभागी रहेको र सहभागी राजनैतिक दलहरुले उचित रायसहित सकारात्मक रहेको अभियानका संयोजक तेज बिक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

“मातृभूमि नव निर्माण अभियान, नेपाल” को पहलमा गठन भएको “स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापना समितिले नेपालगञ्ज उप–महानगरपालिकाको २३ वटा वडामा ऐक्यबद्धता समूह गठन गर्ने जानकारी दिएका छन् भने नेपालगञ्जको वडा नम्बर १० र १२ मा ऐक्यबद्धता समूह गठन गरेको पनि जानकारी गराएका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech