विद्यालयमा पढाउदै आएकी २२ वर्षीया युवती मृत फेला

शाख न्यूज    प्रकाशित: २०८०-५-८ गते   २४५ पटक हेरिएको

कैलाली -  धनगढीस्थित एक विद्यालयमा पढाउदै आएकी युवती मृत फेला परेकी हुन्। दार्चुलाकी एक युवती धनगढीमा मृत फेला परेकी छिन् । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत मार्मा गाउँपालिका - ६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी हुन् ।

धनगढी उपमहानगरपालिका ३ चटकपुरमा बस्दै आएकी उनी बिहीबार मृत फेला परेकी प्रहरीले जनाएको छ । दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।  मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेको खुलेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech