प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरे

शाख न्यूज    प्रकाशित: २०८०-५-७ गते   ५८३ पटक हेरिएको

नेपालगन्ज ०७ भदौ -  नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वको कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको हो । साथै कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत प्रदान गरेको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त जनक बहादुर शाहीले प्रमाण पत्र बितरण तथा पदभार ग्रहण कार्यक्रमको अवसरमा निर्वाचित पदाधिकारी एव समितिलाई प्रमाण पत्र बितरण गरेका थिए । 

May be an image of 8 people, people smiling, hospital and text that says "नवनिर्वाचित कार्यसमिति, पदाधिकारीलाई प्रमाण-पत्र वितरण पद हस्तान्तरण कार्यक्रम 0το ਸੈ गते 24/08/202315:37 24/08/2023"

प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन लम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसीले युनियन बाँकेका वर्तमान पदाधिकारीले संस्थाको संचालनका लगि दुःख गरेको देखिएको बताएका छन् । उनले पत्रकार महासंघको नेतृत्वका लागि पनि वर्तमन समितिले बिशेष भूमिका निर्वाह गरेको भन्दै अबको नेतृत्वले बाँकी रहेको कामलाई पुर्णता दिनुपर्ने , कसरी प्रभावकारी र पारदर्शी बनाउने भन्ने सबैको उत्तिकै दायित्व रहेको जानकारी दिएका छन् ।

May be an image of 5 people, people smiling and text

यस्तै पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष ओलीले बिभिन्न चुनौतीका बाबजुद संस्थालाई व्यवस्थित बनाउने कार्य अघि बढाएको र केही कुराहरुलाई पुरा गर्न नसकिएको बताए । कुनैपनि कार्य गर्दा चुनौती रहने तर अठोटका साथ अघि बढ्दा समाधान पनि हुने आफुलाई अनुभव भएको अध्यक्ष ओलीले भनेका छन् । उनले निर्वाचनका बेला निर्वाचन हतकण्डालाई अब बिर्सेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै संस्थाको दिगोपनाका लागि आफुहरुको नेतृत्वले जग्गा व्यवस्थापन गर्न सकेकोमा खुशी व्यक्त गरेका छन् । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

यस्तै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष प्रियास्मृती ढकालले युनियनलाई सबैको बनाउन कुनै कसर बाँकी नराख्ने र कोही कसैलाई युनियनबाट एक्लिएको महसुस हुन दिने छैनौं यसका साथै निर्वाचनमा आन्तरिक प्रतिस्पर्धा रहेको र अब ति कुरा सकिएको भन्दै संस्थालाई आर्थिक रुपमा बलियो बनाउने कार्यको युनियनले शुरुवात गर्ने पनि बताएका छन् । 

युनियन बाँके शाखा अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष ढकाललाई र वर्तमान सचिव बिजय मल्लले नवनिर्वाचित सचिव भिष्म लोध, कोषाध्यक्ष खडक बहादुर खत्रीलाई संस्थाको आर्थिक  जिम्मेवारीसंगै माइन्यूट लगायतका सम्पूर्ण कुराको बुझबझारथ गरेका थिए । 

No description available.No description available.No description available.कार्यक्रममा प्रेस युनियन प्रदेशका उपाध्यक्ष केसी, महासचिव नविन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन प्रदेश सदस्य गौरव गिरी, निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो । सो कार्यक्रममा मायाको चिनो समेत प्रदान गरिएको थियो । 

No description available.No description available.No description available.No description available.

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech