लागु औषध सहित एक जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-५-७ गते   ६४० पटक हेरिएको

कञ्चनपुर, ०७ भदौ । कञ्चनपुरको महेन्द्रनगरबाट लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ कटानबाट ०.७० ग्राम लागु औषध खैरो हेरोइन सहित भीमदत्त नगरपालिका वडा नम्बर १३ बस्ने २७ वर्षीय सञ्जय साउँदलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट पुष्पलाल चोकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी बा ४९ प ५४४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech