संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार धामी विजयी

शाख न्यूज    प्रकाशित: २०८०-५-३ गते   २७३ पटक हेरिएको

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् ।

धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार ललित कुमार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका थिए । पराजित भएका रौनियार भन्दा धामीले आठ सय ९० मत बढी प्राप्त गरेका थिए ।

कुल चार हजार १ सय ३२ मत खसेकोमा अध्यक्ष पदमा एक सय १० मत बदर भएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech