(एशोसिएट) तर्फका कार्की र गुप्ता सदस्यमा विजयी

शाख न्यूज    प्रकाशित: २०८०-५-३ गते   ३०२ पटक हेरिएको

नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको (एशोसिएट) तर्फ कमलकुमार कार्की र  प्रदिपकुमार गुप्ता  विजयी भएका छन् ।  नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा (एशोसिएट) तर्फको सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार (एशोसिएट) सदस्यमा १ सय ११ मत प्राप्त गरी कमलकुमार कार्की र ८८ मत प्राप्त गरेर प्रदिपकुमार गुप्ता निर्वाचित भएका हुन् ।

कार्की समावेशी समुहबाट र गुप्ता साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट चुनाव लडेका थिए । निकटतम प्रतिस्पर्धी पुरुषेत्तम अग्रवालले ५८ र सञ्जय अग्रवालले ४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेपालगन्ज रंगशालामा संघको सदस्य पदको मतगणना अहिले चलिरहेको छ । सदस्य पदको मतगणना पश्चात पदाधिकारीको गणना गरिने निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech