काठमाडौं १३ भाद्र - नेपालममा शनिबार २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
शनिबार नेपालमा कोरोना भाइरसका ८ सय ८४ जना थपिएका संक्रमित सहित कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ । दैनिक एक हजारको आसपासको संख्यामा वा सो भन्दा बढी संक्रमित थपिइरहेका छन् ।