४१औं वीपी स्मृती दिबसका अबसरमा शम्शेरगन्जमा बृक्षारोपण

शाख न्यूज    प्रकाशित: २०८०-४-६ गते   ४०३ पटक हेरिएको

बाँके - ४१औं वीपी स्मृती दिबसका अबसरमा बाँकेको शम्शेरगन्जमा बृक्षारोपण गरिएको छ। 

नेपाली कांग्रेस राप्तीसोनारी वडा नं. २ कार्यसमितिको आयोजनामा र श्री दुर्गा भवानी माध्यामिक बिद्यालयको सहकार्यमा क्षेत्रिय सभापती पोषण के.सी.को प्रमुख आतिथ्यता र वडा नं. २ का सभापति नन्दलाल बस्नेतको अध्यक्षतामा शम्शेरगन्जस्थित दुर्गा भवानी माध्यामिक बिद्यालयमा शनिबार  बृक्षारोपण  गरिएको हो।

बृक्षारोपण कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति केसीले वीपीले देखाएका मार्गदर्शनलाई आत्मसाथ गर्दै  पार्टी भित्रको गुट-उपगुटलाई अन्त्य गरेर पार्टीलाई सशक्त गराउन कार्यकर्तालाई निर्देशन समेत दिएका थिए।

कार्यक्रममा प्रदेश 'क' का कार्यबाहक सभापति अम्बर बहादुर बुढाथोकी, क्षेत्रिय सह-सचिव दीपेन्द्र उप्रेती, क्षेत्रिय प्रवक्ता तुलाराम खत्री, राप्तीसोनारी गाउँपालिकाका सभापति भिमबहादुर राना क्षेत्री लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको कार्यक्रमको सन्चालन वडा सचिव खड्क खत्रीले गरेका थिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech